मधेशसमाचार

किसान, मजदुर र जनताको सरकार बनाउने संकल्पसहित प्रमोद गुप्ताको सशक्त चुनावी अभियान

कलैया, २३ माघ

किसान, मजदुर र आम जनताको सरकार बनाउने स्पष्ट प्रतिबद्धतासहित जनमत पार्टीका बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ता निरन्तर जनताको बीचमा पुग्दै आएका छन्। घरदैलो, टोलभेटघाट र प्रत्यक्ष संवादमार्फत गुप्ताले मतदातासँग नजिकिँदै जनसमर्थन बलियो बनाउँदै लगेका छन्।

स्वच्छ छवि र ईमान्दार राजनीतिक व्यक्तित्वका रूपमा परिचित प्रमोद साह जनमत पार्टीभित्र भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै गएका छन्। उनको चुनावी अभियानमा पूर्व प्रदेश सभा सदस्य पारस साह, विगतको निर्वाचनमा जनमत पार्टीका प्रदेश सभा सदस्य उम्मेदवार सन्तोष पटेल, जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको सक्रिय साथ र सहयोग रहेको छ। यसले गुप्ताको अभियानलाई थप मजबुत बनाएको स्थानीयको भनाइ छ।

स्थानीय मतदाताका अनुसार जनताको दुःख, पीडा र समस्यालाई नजिकबाट बुझेका प्रमोद गुप्ता व्यवहारिक र जनमुखी नेता हुन्। “उहाँ सधैं जनताको बीचमा देखिनुहुन्छ, समस्या सुन्नुहुन्छ र समाधानको बाटो खोज्नुहुन्छ,” स्थानीय मतदाता रामबालक यादवले भने, “त्यसैले उहाँप्रति विश्वास बढ्दै गएको छ।”

त्यस्तै जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सि.के. राउतको स्पष्ट विचार, राजनीतिक दृष्टिकोण र दीर्घकालीन भिजनले पनि बारा–३ मा जनमत पार्टी प्रतिको आकर्षण बढ्दै गएको स्थानीयहरू बताउँछन्। डा. राउतले उठाउँदै आएको किसान, मजदुर, मधेश र उत्पीडित समुदायका मुद्दाले जनताको मन छोएको उनीहरूको भनाइ छ।

चुनावी अभियानका क्रममा प्रमोद गुप्ताले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि सुधार, सिंचाइ, सडक तथा सुशासनलाई प्राथमिकतामा राख्दै आफू निर्वाचित भए बारा–३ लाई विकास र अवसरको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “राजनीति सत्ता र पदका लागि होइन, जनताको सेवा र अधिकारका लागि हुनुपर्छ,” गुप्ताले जनसभामा भनेका छन्।

दिनप्रतिदिन बढ्दै गएको जनसमर्थन, संगठनको मजबुत उपस्थिति र नेतृत्वप्रति बढ्दो विश्वासका कारण बारा–३ मा जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्तालाई बलियो दाबेदारका रूपमा हेरिएको छ। चुनाव नजिकिँदै जाँदा उनको अभियानले थप गति लिएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button