मधेशसमाचार

सिस्वामहेशपुरमा रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द साहको घरदैलो अभियान

सिस्वामहेशपुरमा रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द साहको घरदैलो अभियान

कलैया, १० फागुन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरविन्द साह ले कलैया उपमहानगरपालिका–२६ सिस्वामहेशपुर टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा कलैयाका मतदातासँग प्रत्यक्ष संवाद गर्दै साहले स्थानीय सरोकार, जनजीवनका समस्या र समाधानका सम्भावनाबारे छलफल गरे। उनले निर्वाचित सांसदको प्रमुख कर्तव्य जनताको दैनिक आवश्यकतालाई प्राथमिकतामा राख्दै आधारभूत पूर्वाधार, सेवा–सुविधा र अवसर विस्तारमा काम गर्नु भएको स्पष्ट पारे।

“सांसद कानुन निर्माणमा मात्र सीमित हुँदैन, जनता र राज्यबीचको विश्वासको सेतु हो,” साहले भने, “त्यो सेतु कति बलियो छ भन्ने कुराले नै प्रतिनिधिको मूल्यांकन हुन्छ।”

उनले राजनीति पद प्राप्तिको साधन नभई जिम्मेवारी र जवाफदेहिताको अभ्यास भएको उल्लेख गर्दै स्थानीय प्राथमिकतालाई राष्ट्रिय हितसँग सन्तुलनमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. सुशील साहसहित युवा, समर्थक तथा स्थानीय कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button