मधेशसमाचार

कमिशन अडियोको छायाँमा पुनः उम्मेदवारी: जनताको स्मृति परीक्षणमा रामकिशोर यादव

कमिशन अडियोको छायाँमा पुनः उम्मेदवारी: जनताको स्मृति परीक्षणमा रामकिशोर यादव

कलैया , १० फागुन

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मतदातामाझ पहिचान बनाएका रामकिशोर यादव २०८० सालको उपनिर्वाचनमा आएर एकाएक जनता समाजवादी पार्टी (जसपा) को छातामुनि पुगे। त्यो राजनीतिक मोडको केन्द्रमा थिए पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव—जसलाई निर्वाचित गराउन रामकिशोर यादवले निर्णायक भूमिका खेलेको दाबी गरिन्छ।

तर उपेन्द्र यादव निर्वाचित भएपछिको दृश्यले बारा–२ का मतदातालाई झस्कायो। जनताको घर–आँगनमा नपुग्दै “कमिशनको पैसा मागिएको” भनिएको एक अडियो सामाजिक सञ्जालमा भाइरल भयो। उक्त अडियोमा उठाइएका आरोपहरूले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गर्‍यो। अडियोको प्रामाणिकताबारे आधिकारिक पुष्टि नभए पनि, सार्वजनिक बहस भने तीव्र बन्यो—राजनीति सेवा कि सौदाबाजी?

यही पृष्ठभूमिमा, आरोप र विवादको आँधी सेलाउन नपाउँदै रामकिशोर यादव फेरि जसपाकै टिकटबाट बारा–२ मा मत माग्दै जनताबीच देखिएका छन्। मतदाताको प्रश्न स्वाभाविक छ— कमिशन अडियोको आरोपको स्पष्ट जवाफ कहिले? , जनताको विश्वास पुनः जित्ने आधार के?

राजनीतिक दल बदल, सत्तासमीकरण र निर्वाचन–उपचुनावको खेलमा बारा–२ का मतदाता पटक–पटक प्रयोग भएको अनुभूति गर्दै आएका छन्। अबको चुनाव केवल उम्मेदवारको होइन, स्मृति र विवेकको परीक्षा हो। मतदाताले योपटक आरोप–प्रत्यारोपभन्दा माथि उठेर जवाफदेहिता, स्पष्टता र कामको रेकर्ड मागिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button