
बारा, ०५ असार
फेटा गाउपालिका वडा नम्बर ४ बतरा टोल स्थित श्री अन्चित माध्यमिक बिधालय आजदेखी अनिश्चितकालका लागि बन्द गरिएको छ । आफ्नो कमि कमजोरी लूकाउन प्रधानाध्यापक पान्नालाल बैठाले एक सुचना जारी गर्दै वातावरण नराम्रो भएकोले अर्को सुचना नआउन्जेलका लागि बन्द गरिएको बताएका छन ।
यता एक बिद्यार्थीका अनुसार फेटा गाउपालिका वडा नम्बर ४ को मात्र नभइ उक्त क्षेत्रकै धरोहरको रूपमा मानिने श्री अन्चित माध्यमिक बिधालयको ब्यवस्थापन सम्बन्धि पटक पटक स्थानीय पालिकाका अध्यक्ष रूस्तम अन्सारीलाई जानकारी गराइ रहदा समेत केही वास्ता नदेखाएको कारण वतावरण सुधार हुन नसकेको बताए । उनका अनुसार गर्मीले अध्यन गर्न नसक्ने, नि.मा.बि. को शिक्षक मा.बि.को जिम्मा दिइएको बिषयमा पटक पटक जानकारी गराइ रहदा समेत केही चासो नदेखाएकै कारण बिबाद उत्पन्न भइ स्थानीय सरकारले बिधालय बन्द गर्नुपर्ने अवस्थामा पुर्याएको दाबी गरे ।
फेटा गाउपालिकाका अध्यक्ष रूस्तम अन्सारी आफ्नो स्वार्थमा परि मा.बि.को शिक्षकलाइ नि.मा.बि. मा र नि.मा.बि.को शिक्षकलाइ मा.बि.को जिम्मेवारी दिएकै कारण वातावरण सुधार हुन नसकेको आरोप बिद्यार्थीहरूले लगाएका छन । शिक्षामा सुधार गरिएको, शिक्षामा लगानी गरेको दाबी गर्ने अध्यक्ष रूस्तम अन्सारी शिक्षा क्षेत्रलाइ ब्यपार झै कमाइ खाने भाडो बनाएको बिद्यार्थीहरू बताउछन । खाजाको नाममा ब्यपार गर्ने गाउपालिका अध्यक्ष र प्रधानाध्यापक पान्नालाल बैठा बिरूध बिद्यार्थी असन्तुष्ट बन्दै करिब एक घन्टा प्रधानाध्यापकलाई कोठामै थुन्नु पर्ने बाध्यता भएको बिद्यार्थीले दाबी गरे ।
भ्रष्टाचारको बिषयमा भएको उक्त बिबाद सङ्ग पन्छिन श्री अन्चित माध्यमिक बिधालयका प्रधानाध्यापक पान्नालाल बैठाले एक सुचना जारी गर्दै वातावरण सुधार नभएको र अर्को सुचना नआउनजेल बिधालय बन्द गरिएको पत्रमा उल्लेख छ । यस बिषयमा स्थानीय अभिभावकहरूले फेटा गाउपालिका अध्यक्ष रूस्तम अन्सारीको कार्यकल असफल रहेको बताएका छन । अभिभावकहरूका अनुसार शिक्षा क्षेत्रलाइ कमाइ खाने भाडो बनाउने मेयर र फेटा गाउपालिका अध्यक्ष बिरूध कडा रूपले अगाडी बढने बताएका छन ।



