मधेशशिक्षासमाचार

सिम्रौनगढमा दण्ड रहित शिक्षा तालिम सम्पन्न 

सिम्रौनगढमा दण्ड रहित शिक्षा तालिम सम्पन्न

 

सबिर आलम

 

बारा, २१ बैशाख

 

बाराको सिम्रौनगढमा दण्ड रहित शिक्षा तालिम शनिबार सम्पन्न भएको छ। उत्तम पब्लिक स्कुल सिम्रौनगढको आयोजना र सर्वोतम पब्लिक स्कुल बाराको सहयोगमा एक दिने दण्ड रहित शिक्षा तालिम सम्पन्न भएको छ।

 

उक्त तालिममा बिधार्थीहरुलाई दण्ड रहित शिक्षा प्रदान गर्न जोड दिईएको छ। भने बालबालिकाहरुको बिभिन्न समस्याहरु प्रकाश पारिएको थियो।

 

कार्यक्रमको प्रशिक्षक अनिल कुमार यादवले बिधार्थी र शिक्षक बिचको सम्बन्ध र सरकारी बिधालय र निजि बिधालयहरु बिचको भिन्नता बारे चर्चा गरेका थिए। भने बिद्यार्थीहरुको बिकासमा शिक्षकहरुको अहम भुमिका बारे तथा बिद्यार्थीहरुलाई बिना दण्ड रहित शिक्षा प्रदान गर्नेमा जोड दिएका छन्।

 

त्यस्तै उक्त कार्यक्रममा उत्तम पब्लिक स्कुल प्राईभेट लिमिटेड सिम्रौनगढका प्रधानाध्यापक कमलेश कुमार कुश्वाहाले बिद्यार्थीहरु दण्ड, भय र त्रासको कारणले दैनिक बिधालय आउन नसकेको,मानसिक स्वास्थ्यमा कमी ,गृह कार्यमा कमी,अन्य विभिन्न आनावश्यक भावनाहरु आउन नदिन आफ्नो बिधालयका बिद्यार्थीहरुलाई दण्ड रहित शिक्षा दिनको लागि यो तालिममा आफ्नो बिधालयका शिक्षक शिक्षिकाहरुलाई सहभागी गराएको बताएका छन।

 

उक्त तालीममा उत्तम स्कुल र कोचिङ्गका शिक्षक शिक्षिकाहरु सुमन कुमार,गुप्ता ,पवन कुमार सिन्हा, नितेश पटेल ,देवनारायण साह,पुनम कुमारी शार्मा,दिपक कुमार कुशवाहा,बिजय पाठक शिवमंज्ञा राम,करिशमा कुशवाहा, पुजा शार्मा आर्ती पटेल,अवधेश कुशवाहा,अमरेश कुशवाहा, मनिषा शार्मा,प्रीयका गुप्ता,खुशु खातुन,कंकाली माध्यमिक बिद्यालयका शिक्षकमा जय चन्द्र प्रसाद यादव,ओम चन्द्र गुप्ता लगाएतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button