मधेशराजनीतिराष्ट्रिय

जसपा नेपालको बारा अध्यक्षमा पचरौताको पुर्व मेयर यादव निर्वाचित

जसपा नेपालको बारा अध्यक्षमा पचरौताको पुर्व मेयर यादव निर्वाचित

 

बारा , २२ बैशाख

 

 

जनता समाजवादी पार्टी नेपालको प्रथम बारा जिल्ला अधिवेशनले प्रत्यक्ष निर्वाचनबाट नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष पदमा पचरौता नगरपालिकाका पूर्व मेयर रमेश कुमार यादवले प्यानल सहित निर्वाचित भएका छन् ।

 

सिद्धेश्वर उच्च माध्यमिक विधालयमा शानिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान सम्पन्न भएको थियो भने आइतबार विहान ९ बजे देखी मतगणना सुरु भएको थियो। निर्वाचनमा कुल मतदाता संख्या ४ सय ७९ रहेकोमा ४ सय ७२ मत मात्र खसेको थियो। आईतबार अबेर रातिसम्म सम्पन्न मतगणनामा पुर्व मेयर यादवले २ सय ६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धर्मवीर यादवले १ सय ७५ मत मात्र प्राप्त गरेका छन्।

 

५७ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा यादव, उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिव शम्भु कुमार गुप्ता , उप-सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव निर्वाचित भएका हुन् । भने अन्य सदस्यहरुको मतगणना जारी नै रहेको निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिएका छन्।

 

पुर्ब मेयर यादव सहित सम्पुर्ण टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नेहरुबाट समाजिक संजाल भरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button