मधेशसमाचारस्थानीय

देवाही गोनाही–४ मा कच्ची सडक ढलानका लागि सिलान्यास स्थानियबासी खुशी

देवाही गोनाही–४ मा कच्ची सडक ढलानका लागि सिलान्यास स्थानियबासी खुशी

 

 

रूपेश यादव

 

रौतहट, १६ आषाढ

 

 

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.४ मा सडक ढलान तथा ग्रेबलको काम शुरु भएको छ ।

 

आईतबार एक कार्यक्रमका बिच देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल र पुर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले उक्त सडक ढलानको संयुक्त रुपमा शिलान्यास गर्नु भयो ।

 

नेकपा एमालेका जिल्ला उपाध्यक्ष रुपेश पटेलकाे बिषेश पहलमा मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट कुुल ३२ लाखको लागतमा वडा नं.४ मा सडक ढलान तथा ग्रेबलको काम भईरहेको उपाध्यक्ष पटेलले जानकारी गराएका हुन ।

 

पटेलका अनुसार सो टोलमा कचि बाटो हुदा वर्षायामको समयमा स्थानियहरुलाई आवतजावत गर्नमा निकै कठिनाई हुदै आएको थियो ।

 

बिकास निर्माणमा पछाडी परेको टोललाई मध्य नजर गर्दै उपाध्यक्ष पटेलले आफनो बलबुतामा १४० मिटर सडक ढलान तथा एक किलो मिटर ग्रेबल हुुदाँ त्याहाका स्थानियहरु निकै खुशी भएका छन । स्थानियहरुको भनाई अनुसार कच्ची बाटो हुुदाँ वर्षा यामको समयमा कृषी काम गर्न जाने किसानहरुलाई निकै सास्ती खेपिनु पर्ने बाध्यता थियो तर सडक ढलान र ग्रेबल हुन थालेपछि स्थानियहरु खुलेर प्रसंसा गर्न थालेका छन।

 

रौतहटको राजनितीक थोरै समयमा आफनो पहिचान बनाउन सफल भएका नेता पटेलले युवाहरुको मनमस्तीकमा बस्न सफल भएका छन ।

 

सिलान्यास कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा उपमेयरकी श्रीमान समाजसेवी भरत पटेल वडा नं.८ का वडा अध्यक्ष बिजय पटेल , समाजसेवी कप्तान सिंह पटेल र स्थानिय भद्रभलादमी लगाएत सञ्चारकर्मीहरु काे समेत सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button