मधेशराजनीतिसमाचार

संविधानसभा सदस्य एवम् नेपालि काँग्रेसको हस्ती यादवको निधन

संविधानसभा सदस्य एवम् नेपालि काँग्रेसको हस्ती यादवको निधन

 

शु.आ. सम्बाददाता

 

बारा , १८ आषाढ

 

संविधानसभा सदस्य एवम् नेपालि काँग्रेसको हस्ती रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका-२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगंज स्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको छोरा सतेन्द्र यादवले जानकारी दिएका छन्।

 

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका यादव नेपालि काँग्रेसको बारा जिल्लामा हस्तीको रुपमा पहिचान बनाउन सफल भएका थिए।

 

यादव कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै दिउँसो १ बजे निज निवास कवहीगोठबाट गरिने परिवारले जनाएको छ ।

 

यादवको निधन भएकोमा नेपाली काँग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा नेपाली कांग्रेस बारालाई अतुलनीय क्षति पुगेको नेपाली काँग्रेस बाराको सचिव राजेश रौनियारले बताएका छन्। रौनियारले अनुसार यादवको स्थान अरु कसैले लिन नसक्ने समेत बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button