मधेशसमाचार

पर्साबाट पेस्टोल सहित दुई जना शास्त्र प्रहरीकै नियन्त्रणमा 

हरिकिशोर शर्मा

पर्सा , १९ कार्तिक

 सशस्त्र प्रहरी बल, नेपाल पर्साले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो करिब साढे १२ बजे सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका सप्रनाउ पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र भारतीय प्रहरीको संयुक्त गस्ती टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६, इनर्वा र भारतको पूर्वी चम्पारण जिल्ला, नुनियाडी पंचायत १, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिक संयुक्त गस्तीका क्रममा उनीहरूलाई फेला पारेको हो।

गस्ती टोलीले झाडीमा लुकीछिपी बसेका दुई जनालाई भेटेको थियो।पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका ५, कुम्हालटोलका अन्दाजी १८ वर्षका सुमित कुमार मण्डल र बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका ७ का अन्दाजी २८ वर्षका संजय कुमार साह कलवार रहेका छन्।

तिनीहरू बसेको स्थानमा बोरा भित्र लुकाइएको एक थान कटुवा पेस्तोल फेला परेपछि सशस्त्र प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको सूचना अधिकारी

सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button