मधेशसमाचार

पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेमा फर्किए, रामकुमारी झाक्रीसहित सयौं नेताकार्यकर्ता पनि सामेल

काठमाडौं, २४ कार्तिक

पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान) काठमाडौंमा आयोजित कार्यक्रममा एमालेमा फर्किएका छन्।

श्रेष्ठ चार वर्षअघि एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका थिए। तर, केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पुरानो घर एमाले फर्कने अभियान सुरु गरेको घोषणा गरेका थिए।

श्रेष्ठसंगै पूर्वमन्त्री रामकुमारी झाक्री र समाजवादी पार्टीका सयौं नेताकार्यकर्ता पनि एमालेमा सामेल भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली ले उनीहरूलाई पार्टीको झण्डा दिँदै स्वागत गरेका थिए।

पार्टीमा फर्किएको यो कदमले आगामी राजनीतिक परिस्थितिमा एमालेको शक्ति संरचना र पार्टी एकीकरण प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button