मधेशसमाचार

खेतमा पानी लगाउने क्रममा करेन्टले एक युवकको मृत्यु

खेतमा पानी लगाउने क्रममा करेन्टले एक युवकको मृत्यु

 

शु. आ. सम्बाददाता

 

रौतहट, ०८ साउन

 

जिल्लाको माधव नारायण नगरपालिका ४ बिसुनपुरवा मानपुरमा सिँचाइका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागी एक किसानको मृत्यु भएको छ।

स्थानीय तुलसी मुखियाका करिब ४० वर्षीय छोरा रामबाबु मुखिया बुधबार बिहान पौने ८ बजे आफ्नै खेतमा मोटर जडान गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरको तार संञ्चालन गर्ने क्रममा अचानक करेन्ट लागेको हो। गम्भीर घाइते भएका मुखियालाई तत्कालै प्रादेशिक अस्पताल गौर लगिएको थियो।

तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानाए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button