विश्व हिन्दु परिषद् नेपाल वीरगंज महानगर समितिले लक्ष्मी पूजाको अवसरमा मिठाई, दियोबाती, तेल र सलाइ वितरण 

10

दिपक चौरसिया

वीरगंज, ०३ कार्तिक

लक्ष्मी पूजाको पावन अवसरमा विश्व हिन्दु परिषद् नेपाल, वीरगंज महानगर समितिले विशेष कार्यक्रम आयोजना गरी मिठाई, दियो, बाती, तेल र सलाइ वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत परिषद्ले हिन्दु संस्कार र परम्पराको संरक्षणका लागि दीपावली पर्वमा शुभकामना आदान–प्रदान सहित पूजाका सामग्री वितरण गरेको हो ।

“धर्म रक्षा – राष्ट्र रक्षा” भन्ने मूल मन्त्रका साथ परिषद्‌ले प्रत्येक चाडपर्वमा समाजमा धार्मिक जागरण फैलाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

यस अवसरमा शुभेच्छुक र भक्तजनहरूलाई लक्ष्मी पूजाको हार्दिक मंगलकामना व्यक्त गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.