रौतहटमा एकीकृत समाजवादीको दिपावली तथा छठपर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

10

रौतहट , ०३ कार्तिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहटले सदरमुकाम गौरमा दिपावली तथा छठपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गौरस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालको प्रमुख अतिथिको उपस्थिति रहेको। थियो ।

पार्टीको निर्देशन अनुसार आयोजना गरिएको यस कार्यक्रममा उपस्थित नेता मधेश प्रदेशका बिना बिभागिय मंन्त्री कनिश पटेल, रामकुमार भटराई, नगर प्रमुख शम्भु साह, महेन्द्र चौलागाईं, रेवन्त झा तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दिपावली र छठजस्ता महत्त्वपूर्ण चाडपर्वहरूले नेपाली समाजमा सामाजिक सद्भाव, भातृत्व र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले विभिन्न जातजाति, भाषाभाषी र संस्कृति मान्ने नेपालीहरूबीचको एकता नै देशको प्रमुख शक्ति भएको उल्लेख गर्दै चाडपर्वको माध्यमबाट यो एकतालाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा रौतहट जिल्ला कमिटीका पदाधिकारीहरूले पार्टीको नीति, कार्यक्रम र आगामी कार्यदिशाबारे संक्षेपमा जानकारी गराएका थिए। उनीहरूले जिल्लामा पार्टीको सांगठनिक विस्तारलाई तीव्र पार्दै जनमुखी कार्यक्रमहरू लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले अङ्गालेको समाजवादी कार्यक्रम र यसको औचित्यबारे प्रकाश पार्नुभएको थियो। उनले जनताको हकहित समृद्धि र न्यायका लागि एकीकृत समाजवादी पार्टी सधैँ क्रियाशील रहने बताउँदै पार्टीलाई अबको निर्वाचनमा राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढ्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए।

सो कार्यक्रममा जिल्लाभरका नेता, कार्यकर्ता, शुभचिन्तक तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी सबैले एकआपसमा दिपावली र छठपर्वको शुभकामना आदानप्रदान गर्दै सुख, शान्ति र प्रगतिको कामना गरेका थिए। यो कार्यक्रमले रौतहट जिल्लामा पार्टीको सांगठनिक उपस्थितिलाई थप बलियो बनाउनुका साथै कार्यकर्तामा उत्साह थप्ने काम गरेको आयोजकले जनाए। शुभकामना मन्तव्यमा बल्दै नगर प्रमुख शम्भु साहले :केही दिन पहिला जेन-जेडका आन्दोलनको मौका छोपी बिकास बिरोधी तत्वहरूले नगरपालिकाका सार्वजनिक सम्पतीलाई बिनास गरेको बताए ।

Leave A Reply

Your email address will not be published.