मधेशसमाचार

कलैयामा चक्कु प्रहार प्रकरणः मुख्य अभियुक्त कारागार, सञ्जालमार्फत डर फैलाएको खुलासा

कलैया, १६ माघ

कलैया उपमहानगरपालिका–४ मा भएको चक्कु प्रहार घटनाका मुख्य अभियुक्त इमताज अन्सारीलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार पूर्व वडा अध्यक्ष जटाशंकर सहनीका छोरा रबिन कुमार सहनीमाथि भएको आक्रमण घटनामा संलग्न अन्सारीलाई पीडितका बुवाको जाहेरीका आधारमा पक्राउ गरिएको थियो। उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरी अदालतमा पेश गरिएको थियो।

प्रहरी अनुसन्धानका क्रममा अभियुक्त अन्सारी सामाजिक सञ्जालमार्फत विभिन्न समूह निर्माण गरी समाजमा डर र त्रास फैलाउने गतिविधिमा समेत संलग्न रहेको तथ्य खुलेको छ। सो घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पुष १९ गते शनिबार साँझ कलैया–४ स्थित सहनी आफ्नै घर अगाडि रहेका बेला अज्ञात समूहले चक्कु प्रहार गरी मोटरसाइकल छाडेर फरार भएका थिए। घटनामा गम्भीर घाइते भएका सहनीको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो।

हाल सहनीको स्वास्थ्य अवस्थामा सुधार आएको र उनी घरमै आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button