मधेशसमाचार

पचरौता नगरपालिकाको ईन्धन खर्च सहित बिभिन्न शिर्षकमा दुई करोड ६४ लाख भन्दा बढिको खर्च

पचरौता नगरपालिकाको ईन्धन खर्च सहित बिभिन्न शिर्षकमा दुई करोड ६४ लाख भन्दा बढिको खर्च

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ आषाढ

 

 

बाराको पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ईन्धन खर्च सहित मसलन्द, मर्मत खर्च, भ्रमण खर्च र खाना खाजा तथा विविध खर्चमा रु.२ करोड ६४ लाख भन्दा बढि खर्च गरेको देखिएको छ।

 

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ईन्धनमा ६३ लाख तिन हजार दुई सय ३० रुपैया खर्च गरेको छ। भने विविध तथा खाना खाजा खर्च नै ६४ लाख ९४ हजार ९४ रुपैया खर्च गरेको महालेखा परीक्षण कार्यालयको प्रतिबेदनमा उल्लेख गरेको छ।

 

त्यस्तै लेखा परीक्षणमा नै पचरौता नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा मसलन्द तथा कार्यालय सम्बन्धी खर्चमा ५९ लाख ९९ हजार पाँच सय ७३ रुपैया , भ्रमण खर्चमा १६ लाख ६ हजार एक सय ७२ रुपैया , मर्मत खर्चमा ५७ लाख ५४ हजार दुई सय ७६ रुपैया , अनुगमन मूल्यांकनमा ३३ लाख पाँच सय पाँच सय गरी जम्मा दुई करोड ६४ लाख ९२ हजार आठ सय ४५ रुपैया गरेको छ।

 

महालेखा परीक्षणको कार्यालयले आफ्नो प्रतिवेदनमा नै पचरौता नगरपालिकाले माथिको खर्चहरुमा मितव्ययिता नअपनाएको जिकिर गरेको छ। उक्त प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वितीय उतरदायित्व ऐन, २०७६ को दफा २४ को उपदफा २ मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले खर्च गर्नु पर्ने उल्लेख छ। तर पचरौता नगरपालिकाले विनियोजन गरेका विभिन्न खर्च शिर्षकको रकमहरु खर्च गर्दा मितव्ययी एवं उपलब्धीपूर्ण तरिकाले खर्च

गर्नुपर्दछ। पालिकाबाट आर्थिक वर्ष २०८०/०८१ मा मसलन्द, इन्धन खर्च, मर्मत खर्च, भ्रमण खर्च र खाना खाजा तथा विविध खर्चमा रु.दुई करोड ६४ लाख ९२ हजार आठ सय ४५ रुपैया खर्च भएको देखिएकोले आगामी दिनमा यस्ता खर्चमा नियन्त्रण गर्नुपर्ने जिकिर समेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button