मधेशसमाचार

नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा कलैया द्वारा श्रेस्तेदार कार्की लाई सम्मान तथा बिदाई 

नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा कलैया द्वारा श्रेस्तेदार कार्की लाई सम्मान तथा बिदाई

उपेन्द्र पासवान

बारा,२० साउन

बारा जिल्ला अदालतमा हाजिर भए देखि सेवा ग्राहीहरु लाई कम समयमा मुस्कान सहितको सेवा दिदै आईरहेका श्रेस्तेदार लाल बहादुर कार्की र तहशिलदार प्रदिप अधिकारी लाई नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा कलैया द्वारा बिदाई तथा सम्मान कार्यक्रम समपन भएको छ।

नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा कलैया अध्यक्ष बृजकिशोर यादव ( भगत जी)को अध्यक्षता र बारा जिल्ला अदालतको श्रेस्तेदार लाल बहादुर कार्कीको प्रमुख अथित्यता समपन भएको हो ।

 

उक्त कार्यक्रममा विशिष्ट अतिथी बारा जिल्ला अदालतको तहसिलदार प्रदिप अधिकारी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन जिल्ला समन्वय समिती बाराको अध्यक्ष पननालाल कुशवाहा नेपाल लेखापढी कानुन ब्यव्सायी एसोसिएसन बारा कलैयाको सचिव दिनेश पटेल,कोशाअध्यक्ष प्रमानन्द पटेल प्रदेश सदस्य जितनरायन पटेल, कानुन ब्यव्सायी घनश्याम साह , कानुन ब्यवसायी जोखु सहनी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन केन्द्रिय निर्वाचन पर्वेक्षण बिभागका सदस्य बिरेन्द्र यादव लगाएतको उपस्थिति रहेको थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button