मधेशसमाचार

नेपाल मुस्लिम शान्ति समाजद्वारा रौतहटको गरुडाका पीडितलाई आर्थिक र जिन्सी सहयोग

रौतहट,  २५ जेठ
​नेपाल मुस्लिम शान्ति समाज रौतहट शाखाले जिल्लाको गरुडा नगरपालिकाका दुई जना पीडित परिवारलाई आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको छ। समाजले गरुडा नगरपालिका वडा नम्बर ८ र ९ का एक/एक जना विपन्न एवं पीडित नागरिकलाई राहत स्वरूप उक्त सहयोग हस्तान्तरण गरेको हो।
​संस्थाका कतार शाखा अध्यक्ष कमरुदिन, रौतहट शाखा अध्यक्ष असगर अली र कार्यालय संञ्चालक सचिव कारी समी अहमद लगायतका पदाधिकारीहरूको उपस्थितिमा पीडितकै घरदैलोमा पुगेर सो सहयोग वितरण गरिएको थियो।
​विगतमा भएका दुर्घटनाका कारण लामो समयदेखि आर्थिक र शारीरिक जोखिम झेलिरहेका गरुडा नगरपालिका वडा नम्बर ८ का इरफान राइन र वडा नम्बर ९ का नौशाद आलमलाई प्रतिव्यक्ति १३ हजार रुपैयाँ बराबरको नगद तथा आवश्यक जिन्सी सामग्री प्रदान गरिएको संस्थाले जनाए ।
​अत्यधिक र प्रचण्ड गर्मीको समेत प्रवाह नगरी समाजले वास्तविक पीडितहरूको पहिचान गरी उनीहरूकै घरमै पुगेर राहत वितरण कार्य सम्पन्न गरेको कतार शाखाका कार्यवाहक अध्यक्ष इमरान आलमले जानकारी दिए । आगामी दिनमा पनि समाजले यस्ता मानवीय र परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका पदाधिकारीहरूले व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button