मधेशसमाचार

हराएका ३६ वटा मोबाइल फेला, सम्बन्धित व्यक्तिलाई बुझाइयो

बारा, २५ कार्तिक

जिल्ला प्रहरी कार्यालय बाराले हराएका ३६ वटा मोबाइल फोन फेला पारी ती मोबाइलका वास्तविक धनीहरूलाई बुझाएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल श्रावण १ गतेदेखि हालसम्म विभिन्न माध्यमहरूबाट खोजतलासको क्रममा ती मोबाइलहरू फेला पारिएका हुन्। फेला परेका मोबाइलहरू सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिँदै भन्नुभयो — “हराएको सम्पत्ति फेला पार्न प्रहरीको निरन्तर प्रयासले जनताको विश्वास बढाएको छ। भविष्यमा पनि यस्ता खोजतलास कार्यलाई अझ प्रभावकारी बनाइनेछ।”

प्रहरीले मोबाइल हराएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन र मोबाइलको IMEI नम्बर सुरक्षित राख्न सबै नागरिकलाई अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button