मधेशसमाचार

कलैया–८ खपरतातामा जसपा नेपालको भव्य घरदैलो

बारा , १२ माघ

बारा क्षेत्र नं. ३ अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. ८ खपरतातामा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवार रामबाबु कुमार यादव ज्यूद्वारा छाता छापको चुनावी घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

घरदैलो कार्यक्रममा जसपा नेपालका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। उम्मेदवार यादवले घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभयो। उहाँले मधेशको अधिकार, समावेशी विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाहरूले विकास र जनमुखी एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै छाता छापमा मतदान गर्ने विश्वास दिलाएका छन्। घरदैलो कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button