मधेशसमाचार

बारा–३ मा जनमत पार्टीको चुनावी चहलपहल बढ्दो, प्रमोद गुप्ताको घरदैलो अभियानले गति लियो

बारा, १६ माघ

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नं. ३ मा जनमत पार्टीको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको छ। जनमत पार्टीका उम्मेद्वार प्रमोद गुप्ताले भौरा, पिप्राढी लगायतका विभिन्न गाउँ तथा टोलमा घरदैलो अभियान तीव्र पारेका छन्।

घरदैलोका क्रममा गुप्ताले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका छन्। उनले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

अभियानमा देखिएको स्थानीय नागरिकको उल्लेख्य सहभागिताले क्षेत्रमै जनमत पार्टीप्रतिको समर्थन विस्तार हुँदै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्थानीयवासीहरूले विकास, सुशासन र जनमुखी कार्यक्रमको अपेक्षा राख्दै उम्मेद्वारसँग खुलेर आफ्ना धारणा राखेका थिए।

जनमत पार्टीका नेताहरू पारस प्रसाद साह, शिवनाथ पटेल, द्वारीका यादव, सन्तोष पटेल, किशमती देवी रामलगायतको सक्रिय उपस्थितिले घरदैलो अभियानलाई थप प्रभावकारी बनाएको छ।

प्रमोद गुप्ताको घरदैलो अभियानसँगै बारा–३ मा चुनावी माहोल तातेको देखिँदा आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी थप बढ्ने अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button