मधेशसमाचार

पर्सा क्षेत्र-४ को धोबीनीमा जसपा नेपालको घरदैलो कार्यक्रम सम्पन्न र मतदातासँग प्रत्यक्ष भेटघाट

राजन कुमार बानिया

पर्सा , २० माघ

पर्सा निर्वाचन क्षेत्र न-४ अन्तर्गत पर्ने धोबीनी गाउँपालिका क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल द्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनमानसको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।घरदैलो अभियानका क्रममा

जनता समाजबादी पार्टी नेपाल पर्सा–४ का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा.कृपासिन्धु प्रसाद चौधरीले

“अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित जसपा नेपालका नेता–कार्यकर्ताहरू स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरे। स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

जसपा नेपालले आगामी दिनहरूमा पर्सा–४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

घरदैलो कार्यक्रममा धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, दिपक सराफ, लगाएत धेरै जना पार्टीका कजकर्ताहरुको सहभागी रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button