आदर्श कोतवाल गाउँपालिकामा चरम भ्रष्ट्राचारको विरोधमा आन्दोलन

सिकिन्द्र साह

बारा , ०१ कार्तिक

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा लामो समयदेखि बढ्दै गएको चरम भ्रष्ट्राचार विरुद्ध स्थानीय बासिन्दाहरु आन्दोलनमा उत्रिएका छन्।

गाउँपालिकाको बोहा, चिउटाहा, कोईलिडिह र रुपावलिया टोलका बासिन्दाले यस वर्षको दिपावलि पर्वका अवसरमा सस्तो मूल्यमा बिजुली बत्ती जडान गरिए पनि उच्च रकम निकासा गर्न खोजिएको भन्दै आक्रोश पोखेका छन्।

स्थानीय बासिन्दा दिबेश कुमार सिंहका अनुसार, “गत वर्ष पनि सस्तो रेटको बल्ब जडान गरेर मोटाे रकम निकालिएको थियो। यो वर्ष पनि त्यस्तै योजना बनाइएपछि हामी आन्दोलनमा उत्रिएका हौँ।”

शनिबार बेलुका करिब ४ बजे हरनहिया चौकमा करिब ५० जना युवाहरूले मेयर र उपमेयर ‘हराएको’ उल्लेख गरिएको ब्यानर सहित प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले मेयर जवाहर साह बार्ताको माध्यमबाट समस्या समाधान गर्न खोजे पनि अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन्।

प्रदर्शनकारी प्रदीप कुशवाहाका अनुसार, “हामीले जिल्ला प्रमुख अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाएका छौँ, तर अहिले सम्म कुनै किसिमको प्रतिक्रिया आएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *