मधेशसमाचार

तेजापाकडमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानलाई भव्य स्वागत , उम्मेदवार शेख सगिर आलमलाई जिताउने अभियान सुरु 

मेवालाल यादव

रौतहट , १२ माघ

नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित भएका तेजापाकड निवासी धर्मेन्द्र पासवानलाई परोहा नगरपालिका–३, तेजापाकडमा भव्य स्वागत गरिएको छ। स्थानीय बासिन्दा, शुभेच्छुक तथा राजनीतिक कार्यकर्ताहरूको सहभागितामा नव–निर्वाचित सदस्य पासवानप्रति सम्मान व्यक्त गरिएको हो।

विगतदेखि नै नेपाली काङ्ग्रेसमार्फत सक्रिय राजनीतिक यात्रामा रहँदै आउनुभएका पासवानको राष्ट्रिय सभा सदस्यमा निर्वाचनले तेजापाकड गाउँको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित हुन थालेको स्थानीयवासीहरूको धारणा रहेको छ।

स्थानीय राजनीतिक गतिविधि पनि तेजापाकड केन्द्रित हुँदै गएको देखिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शेख सगिर आलम समेत तेजापाकडकै निवासी हुनुहुन्छ। यसले गाउँको राजनीतिक सक्रियता थप बढाएको आकलन गरिएको छ।

आगामी दिनमा तेजापाकडबाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत उठ्ने सम्भावना रहेको चर्चा स्थानीयस्तरमा चलिरहेको छ, जसले क्षेत्रको राजनीतिक सहभागिता अझ विस्तार हुने संकेत दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button