मधेशसमाचार

ई. अरबिन्द साहले बालेनको दाइ कौशल शाहलाई बारामा उतारेर मत तान्ने प्रयास

कलैया, १३ माघ

देशभर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको नाम र छवाको लोकप्रियता उत्कर्षमा पुगेका बेला त्यसैको राजनीतिक फाइदा उठाउने प्रयास भएको आरोपसहित बारामा राजनीतिक माहोल तातेको छ।

उज्यालो नेपाल पार्टीबाट फागुन २१ गते हुने निर्वाचनमा बारा क्षेत्र नं. २ बाट उम्मेदवारी दिने आकांक्षा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका इन्जिनियर अरबिन्द साहले पछिल्लो समय एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नं. ३ मा उम्मेदवारी दर्ता गरेपछि उनको राजनीतिक नियतमाथि प्रश्न उठ्न थालेका छन्।

 

कलैया निवासी सञ्जय तिवारीले इन्जिनियर साहले देशभर फैलिएको ‘बालेनमय’ माहोललाई प्रयोग गरी मतदाता भ्रमित गर्ने रणनीति अपनाएको गम्भीर आरोप लगाएका छन्। तिवारीका अनुसार साहले सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका दाइ कौशल शाहलाई बारामा बोलाएर बारा ३ का मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास गरेका हुन्।

तिवारीले भने, “देशमा बालेन शाहको नाम लोकप्रिय छ भन्दैमा त्यसको आडमा आफैँलाई स्थापित गर्न खोज्नु स्वच्छ राजनीति होइन। मतदाताको विवेक माथि खेलवाड गर्ने यस्तो अभ्यासको कडा विरोध हुनुपर्छ।”

उनले बालेन शाहको व्यक्तिगत छवि र परिवारको नाम प्रयोग गरी निर्वाचनमा लाभ लिने प्रयास राजनीतिक नैतिकताको विरुद्ध भएको समेत बताए।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहको लोकप्रियता भए पनि त्यसको छायाको प्रयोग मधेशका निर्वाचन क्षेत्रमा हुन थालेको देखिनु राजनीतिक अवसरवादको स्पष्ट उदाहरण भएको टिप्पणी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button