मधेशसमाचार

सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

 

सिकिन्द्र साह

 

बारा , ०१ आसाढ

 

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विश्व रक्तदान दिवसको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन भएको छ। उक्त रक्तदान कार्यक्रममा ६८ जना सहभागीले रक्तदान गरेका छन्।

 

सिम्रौनगढ उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता रहेको थियो। भने कार्यक्रमका प्रमुख अतिथि भारतको महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत डी.एस. मिना थिए भने भारत कन्सुल कार्यालय वीरगंजका मनिष दास विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

 

दलित जनजाति केन्द्र बारा, ब्रह्माकुमारी राज्य योग सेवा केन्द्र, न्यू यङ स्टार क्लब, सनातन धर्म रक्षा मञ्च, नेपाल रेडक्रस सोसाइटी सिम्रौनगढ, आदर्श विकास समाज, श्री बालाजी सनातन धर्म संस्था, ब्रिजकिशोर पटेल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

 

रक्त सञ्चार केन्द्रका प्राविधिक मनिष गुप्ताका अनुसार ६८ जनाले रक्तदान गरेका हुन्।कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा रगत आपूर्ति सहज बनाउन सहयोग पुर्याउने आयोजकले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button