मधेशसमाचार

लेखापढी व्यवसायीका लागि ड्रेस कोड अनिवार्य, उल्लंघन गरे जिम्मेवारी स्वयंको

कलैया, १९ चैत

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, बारा (कलैया) ले आफ्ना सदस्यहरूका लागि अनिवार्य ड्रेस कोड लागू गरेको छ। समितिको पूर्व सूचना तथा लेखापढी समितिको निर्देशनअनुसार सम्पूर्ण सदस्यहरूले आजदेखि अनिवार्य रूपमा निर्धारित पोशाकमा उपस्थित हुनुपर्ने जनाएको हो।
एसोसिएसनद्वारा जारी सूचनामा सदस्यहरूले सेतो सर्ट, कालो पाइन्ट तथा लेखापढी पेशासँग सम्बन्धित परिचय खुल्ने गरी परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख गरिएको छ। पेशागत मर्यादा, अनुशासन र एकरूपता कायम गर्न यस्तो व्यवस्था लागू गरिएको समितिको भनाइ छ।
सूचनामा ड्रेस कोडको पूर्ण पालना गर्न सबै सदस्यलाई हार्दिक अनुरोध गरिएको छ। साथै, उक्त निर्देशनको अवहेलना गरेमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने स्पष्ट पारिएको छ। समितिले त्यस्ता अवस्थाबारे कुनै पनि प्रकारको जवाफदेही नहुने पनि जनाएको छ।
एसोसिएसनका पदाधिकारीहरूका अनुसार यस निर्णयले पेशागत पहिचान बलियो बनाउने, सेवाग्राहीमा विश्वास अभिवृद्धि गर्ने तथा संस्थागत अनुशासन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button