मधेशसमाचार

प्रसौनी गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न , ४१ करोड ०१ लाखको बजेट सार्वजानिक

प्रसौनी गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न , ४१ करोड ०१ लाखको बजेट सार्वजानिक

 

शु.आ. सम्वाददाता

 

कलैया , ०२ आषाढ

 

नेपालमा सँघियता लागू भई तिन तहको सरकार रहेको छ। तिन तहको सरकार मध्ये केन्द्र सरकारले आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक बर्षको जेठ १४ सार्वजनिक गर्ने प्रावधान रहेको छ। जस अन्तर्गत नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि जेठ १५ गते १९ खर्ब ६४ अर्व ११ करोडको बजेट सार्वजानिक गरेको छ। त्यसै गरी सात वटै प्रदेश आषाढ १ गते आ- आफ्नो बजेट सार्वजानिक गर्नुपर्ने प्रावधान अनुसार आईतबार सात वटै प्रदेशले आ-आफ्नो बजेट सार्वजानिक गरीसकेका छन्। मधेश प्रदेश सरकारले आईतबार आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट सार्वजानिक गरेको छ।

 

सात सय ५३ स्थानीय सरकारले आषाढको १० गते भित्रमा अगामी आर्थिक वर्षको मिति तथा कार्यक्रमसँगै बजेट सार्वजानिक गर्नुपर्ने प्रावधान रहेकोमा बाराको प्रसौनी गाउँपालिकाले मधेश प्रदेश सरकारले आफ्नो बजेट सार्वजानिक गरेको भोलिपल्ट अर्थात् सोमवार नै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेको छ।

 

प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवालले स्वयम् आफै आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट गाउँपालिका नै एक कार्यक्रमको आयोजना गरी सोमबार प्रस्तुत गरेका छन्। गाउँपालिका अध्यक्ष जयसवालले आर्थिक बर्ष २०८२/०८३ को लागि रु ४१ करोड ०१ लाखको बजेट सार्वजानिक गरेका छन्।

 

उक्त बजेट सार्वजानिक गर्दै गाउँपालिका अध्यक्ष जयसवालले बिगत झै आगामी वर्षमा समेत विकास कार्यलाई टोलटोलसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका छन्।

उनले आगामी वर्षलाई ‘व्यवस्थित पूर्वाधार, समावेशी विकास र पारदर्शी प्रशासन’ को आधार बनाएर अघि बढ्ने जनाएका हुन ।

 

 

 

गाँउसभामा बोल्दै गाउँपालिका अध्यक्ष जयसवालले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगार , सामाजिक सुरक्षा जस्ता प्राथमिक क्षेत्रहरूमा विशेष जोड दिइएको बताएका छन । साथै जनताले सरकारलाई नजिकबाट महसुस गर्न सकुन् भन्ने उद्देश्यले प्रत्येक टोलमा सन्तुलित विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।

 

उक्त गाउँसभा कार्यक्रममा गाउँपालिका उपाअध्यक्ष किरण देबी ,  प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद , लेखाअधिकृत प्रेम बाबु पटेल , सम्पुर्ण वडाको वडा अध्यक्ष, वडा सदस्य , सम्पुर्ण कार्यपालिका सदस्य लगायत गाउँकार्यपालिकाको कर्मचारी , समाजसेवी, पत्रकार , सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सँचालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button