सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन

17

सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ आषाढ

 

जनतासँग उठाएको राजश्वबाट हामी सबैले तलब भत्ता पाउने भएकोले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री कौशल कुमार यादवले निर्देशन दिएका छन्।

 

मन्त्री यादव सोमबार बारा जिल्लाको निजगढ स्थित एक कार्यक्रमका उपस्थिति भएको समयमा यातायात ब्यबस्था कार्यालय कलैयामा सोमबार नै अनुगमन गरेका छन्। अनुगमनको क्रममा मन्त्री यादवले यातायात ब्यबस्था कार्यालय कलैयाको कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका छन्। साथै मन्त्री यादवले ईमान्दारिता पुर्वक काम गर्न सुझाव दिदै कार्यालय प्रमुख दिनहुँ कार्यालय समयमा कार्यालयमा उपस्थिति भए समस्या नहुने बताउदै कार्यलय प्रमुख सहित सम्पुर्ण कर्मचारीलाई दिनहुँ कार्यालयमा उपस्थिति हुन सुझाव दिएका छन्।

 

कार्यालयको लागि जग्गा उपलव्ध भए आफ्नौ कार्यालय भवन निर्माण गर्न बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यालयको सफ्टवेयर सम्बन्धी समस्या सहित अन्य समस्याहरु आफुले टिपोट गरेको र चाँडै नै समाधान गर्ने मन्त्री यादवले जानकारी दिएका छन्।

 

मन्त्री यादवको अनुगमनको क्रममा नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियार , पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रमेश सुवेदी , नेविसंघ बाराको अध्यक्ष प्रबिन पटेल , प्रेस जनमत संघको केन्द्रीय सदस्य एवम् बाराको अध्यक्ष अनिल पाण्डेय , पत्रकार अमरेश पाण्डेय सहित यातायात ब्यबस्था कार्यालय कलैयाको सम्पुर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.