राष्ट्रियसमाचार

बारा , पर्सा र रौतहटको प्रजिअ सहित ३६ जनाको सरुवा 

कलैया , ०९ कार्तिक

बारा , पर्सा र रौतहटको प्रमुख जिल्ला अधिकारी सहित ३६ जनाको सरुवा गृहमन्त्रालयले आईतबार गरेको छ। गृह मन्त्रालयको आईतबारको निर्णय अनुसार ३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरीएको छ ।

सरुवा हुनेमा बाराको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल जिल्लामा हाजिर भएको भण्डै एक महिना पुगेको छ। भने पर्साको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको पनि त्यस्तै यस्तै रहेको छ।

बाराको प्रजिअ पौडेललाई गृहमन्त्रालय अन्तर्गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवम् मानविय क्षतिको यथार्थ छानबिन जाँचबुझमा सरुवा गरीएको छ। भने पर्साको प्रजिअ सुवेदीलाई जिल्ला प्रशासन कार्यालय आर्घाखाँची सरुवा गरीएको छ। त्यस्तै बाराको प्रजिअको रुपमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट धर्मेन्द्र कुमार मिश्रलाई सरुवा गरीएको छ। भने पर्साको प्रजिअको रुपमा जिल्ला प्रशासन कार्यालय दोलखाबाट भोला दहाललाई सरुवा गरीएको छ।

त्यस्तै रौतहटको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट दिनेश सागर भुसाललाई रौतहट जिल्ला प्रशासन कार्यालयमा सरुवा गरीएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button