मधेशसमाचार

फागुन २१ को प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र सुरक्षित बनाउन तयारी

पर्सा, २६ माघ

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी सूचना अनुसार, निर्वाचन ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ बमोजिम दुई जना अधिकृतलाई आचारसंहिता निगरानी र उजुरी दर्ताको जिम्मेवारी प्रदान गरिएको छ।

सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्रहरी नायब उपरीक्षक मनोज कुमार जोशी लाई नियुक्त गरिएको उल्लेख छ। उनीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गतिविधि भए/नभएको अनुगमन गर्ने र इच्छुक नागरिकबाट उजुरी लिन सक्ने अधिकार पाएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ—कसैले आचारसंहिता विपरीत कार्य गरेमा वा गराएमा सम्बन्धित अधिकृत समक्ष निर्वाचन आचारसंहिता २०८२ को अनुसूची–४ अनुसार उजुरी दर्ता गर्न सकिनेछ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई मर्यादित, निष्पक्ष र पारदर्शी बनाउनेमा नागरिकको सक्रिय सहभागिता र निगरानी अपरिहार्य रहेको औँल्याउँदै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

यस कदमले पर्सा जिल्लामा आगामी निर्वाचनलाई व्यवस्थित, कानूनसम्मत र निष्पक्ष बनाउने तयारी भइरहेको स्पष्ट संकेत दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button