मधेशसमाचार

बारा–३ मा जनसमर्थन बटुल्दै उम्मेदवार इन्जिनियर अरबिन्द साह, चुनावी अभियान तीव्र

बारा , ०७ फागुन

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्जिनियर अरबिन्द साह ले आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुगेर जनसमर्थन बटुल्ने अभियानलाई तीव्र बनाएका छन्। घरदैलो, टोलभेला तथा जनसम्पर्क कार्यक्रममार्फत साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरिरहेका छन्।

चुनाबी भेटघाटका क्रममा स्थानीयवासीले सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत समस्याबारे आफ्ना गुनासा र सुझाव राखेका थिए। उम्मेदवार साहले ती समस्याहरूको दीर्घकालीन समाधानका लागि प्राविधिक दक्षता, पारदर्शी योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै आफू निर्वाचित भए जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

इन्जिनियर पृष्ठभूमिबाट राजनीतिमा आएका साहले विकास निर्माणका काममा गुणस्तर, समयमै सम्पन्नता र भ्रष्टाचारमुक्त अभ्यासलाई प्राथमिकतामा राख्ने बताए। उनले बारा–३ लाई पूर्वाधार, कृषि आधुनिकीकरण र युवा रोजगारीको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको उल्लेख गरे।

स्थानीय मतदाताहरूले साहको सरल व्यवहार, प्राविधिक ज्ञान र विकासमुखी सोचप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार क्षेत्रको वास्तविक समस्या बुझ्ने र समाधान गर्न सक्ने उम्मेदवारका रूपमा साहप्रति विश्वास बढ्दै गएको छ।

उम्मेदवार साहको टिमका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर ३ मा जनसम्पर्क, घरदैलो र सामूहिक छलफल कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै चुनावी अभियानलाई निरन्तर अघि बढाइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button