मधेशसमाचार

ग्यालेक्सी बिजनेस कलेजमा फुड फेस्टिवल २०८२ सम्पन्न

कलैया , ०७ फागुन

ग्यालेक्सी बिजनेस कलेज मा आयोजना गरिएको फुड फेस्टिवल २०८२ कलेज परिसरमा उमंग, उत्साह र रौनकका साथ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल नम्रता रिसाल ले रिबन काटेर गर्नुभएको थियो।

उद्घाटन मन्तव्यमा प्रिन्सिपल रिसालले यस्ता सिर्जनशील कार्यक्रमहरूले विद्यार्थीहरूको नेतृत्व क्षमता, व्यवस्थापन दक्षता र उद्यमशीलता विकास मा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। कलेजले शैक्षिक ज्ञानसँगै व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै आएको उहाँको भनाइ थियो।

फेस्टिवलमा विद्यार्थीहरूले प्रस्तुत गरेका परम्परागत नेपाली परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध स्टलहरू दर्शकका लागि आकर्षणको केन्द्र बने। प्रत्येक स्टलमा विद्यार्थीहरूले योजना, सिर्जनशीलता र मेहनत झल्काउँदै खाना तयारी, सजावट र बिक्री व्यवस्थापन गरेका थिए, जसले उनीहरूको व्यावसायिक सोच र टोली भावना प्रष्ट देखाएको थियो।

कार्यक्रम केवल खानाको उत्सवमा सीमित नभई संगीत, हाँसो–खुसी र आपसी मित्रता को रमाइलो वातावरणमा परिणत भएको थियो। विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिताले फेस्टिवललाई थप जीवन्त र अविस्मरणीय बनाएको आयोजकले जनाएका छन्।

कलेज प्रशासनले सफल आयोजनामा योगदान पुर्‍याउने सम्पूर्ण विद्यार्थी, प्राध्यापक, व्यवस्थापन टोली र आयोजकहरूलाई धन्यवाद व्यक्त गरेको छ। फुड फेस्टिवल २०८२ ले ग्यालेक्सी बिजनेस कलेजमा सिर्जनशीलता, सहकार्य र उत्साहको सकारात्मक सन्देश छोड्दै सबैको मन जितेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button