मधेशसमाचार

मालपोत कार्यालय पोखरियाको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न, ३० जनाद्वारा रक्तदान

उपेन्द्र पासवान

पर्सा, १५ फागुन

भूमि सुधार तथा मालपोत कार्यालय पोखरियाको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

कार्यालय परिसरमै सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख रामजी साहले रक्तदानलाई जीवनदानको संज्ञा दिँदै यस्ता कार्यक्रमले सरकारी कार्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यालय प्रशासनिक कामकाजमा मात्र सीमित नभई समाजप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्नुभयो। रक्तदानजस्ता कार्यक्रमले मानवीय संवेदनालाई मजबुत बनाउनुका साथै सेवामुखी भावना विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रमको उद्घाटन कार्यालय प्रमुख रामजी साह र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेयका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र लगायतको उपस्थिति रहेको थियो।

रक्तदान गर्नेहरूमा इन्द्रदेव चौरसिया, जितेन्द्र प्रसाद, उमेश साह, राकेश साह, सन्जितप्रसाद यादव, रामाकान्त चौधरी, अरविन्दप्रसाद चौधरी, राज यादव, ऋषि कुमार, ब्रिजेश चौरसिया, रामरेखा चौरसिया, कृष्ण कुशवाहा लगायत रहेका छन्।

स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले सामाजिक सेवामा सरकारी निकायको सकारात्मक भूमिका उजागर गरेको सहभागीहरूले बताएका

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button