मधेशसमाचार

दिपावलीकाे अवसर पारेर टेंग्राहा वडा कार्यालयमा सरसफाइ

रूपेश यादव

राैतहट ,०३ कार्तिक

शुभ-दिपावलीकाे अबसरमा वडा कार्यालयमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

साेमबारका दिन शुभ-दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा “घर बजार सफा राखौ, स्वस्थ बनौ” भन्ने मुल नाराका साथ राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालीका ४ स्थित टेंग्राहा वडा कार्यालयमा टेंग्राहा कर्मचारी समाज फतुवा बिजयपुर नगरपालिका वडा नम्बर -४ ले सरसफाईमा ध्यान दिन र मठ मन्दिर, महत्वपुर्ण प्रतिष्ठान तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नु पर्ने लगाएतका बिषयमा सम्पुर्ण वडाबासी हरूलाइ बिशेष आग्रह गर्दै भाेली बजार सरसफाई कार्यक्रमकाे अायाेजन रहेको सुबाेध यादवले बताए।

यस्ताे कार्यक्रम युवाहरु, कर्मचारी तथा बुद्धिजीवीहरुकाे पहलमा पहिलोपटक उदाहरणीय कार्य भएको देखिन्छ।

उक्तकार्यक्रम प्रमुख अतिथीका रुपमा वडा अध्यक्ष सतिश यादव गाैरव, वडा प्रत्यासी संजय कुमार यादव, पदाधिकारीहरु, पत्रकार, स्वास्थ्यकर्मी , स्थानिय बुद्धिजिवी, भद्रभलादमीहरु तथा युवा जमातको सहभागिता रहेकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button