अन्तराष्ट्रियअर्थ/वाणिज्यकर्णालीकृषिकोशीखेलकुदगणडकीप्रदेश समाचारबागमतीमधेशराजनीतिराष्ट्रियलुम्बिनीशिक्षासमाचारसमाजसुदुरपस्चिमस्थानीयस्वास्थ्य

जो जोगी आए पनि प्रादेशिक अस्पाताल कलैयाको अवस्था उस्तै उस्तै

शु.आ. सम्बाददाता 
कलैया , १६ बैशाख 
प्रादेशिक अस्पाताल कलैयाको सेवा सम्बन्धी जनगुनासो सर्वविदितै रहेको छ। भने शनिबार मात्र मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिँह कलैयाको १२ वटा निजि अस्पाताललाई बन्द गर्न निर्देशन दिँदै प्रादेशिक अस्पाताल कलैयामा समेत अनुगमन गरेका छन्।
मुख्यमन्त्री सिँहको अनुगमन कै क्रममा सेवाग्राही सहित युवाहरुले प्रादेशिक अस्पाताल कलैयाको बेथितिको बिषयमा उजागर गरेका थिए। मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पाताल कलैयाको बेथिति बारे स्थगल अनुगमन तथा जनगुनासो पाए पनि प्रादेशिक अस्पाताल कलैया अवस्था उस्तै उस्तै छ।
मँगलबार मात्र यस दैनिकको प्रकाशक अनिल पाण्डेय लगायत उहाँको छोरा र छोरी सवार मोटरसाइकललाई एक मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त दुर्घटनाबाट उपचार गराउन प्रकाशक पाण्डेय आफ्नो छोरा छोरी सहित प्रादेशिक अस्पाताल कलैयामा एक्सरे गराउन पुगेका थिए। प्रादेशिक अस्पातालको काउण्टरबाट पाण्डेयले आकस्मिक पुर्जा लिई ईमरजेन्सी फाँटमा पुग्दा फाँटमा कार्यरत रहेको कर्मचारीहरु आफैमा एक अर्का बिच कुरा गर्नमा ब्यस्त रहेका भेटिएका छन्।
बिरामी लगायत ईमरजेन्सीमा पुगेका पाण्डेय लगायतलाई उक्त फाँटमा कार्यरत कर्मचारीहरूले वास्था गरेपछि पाण्डेयले प्रादेशिक अस्पातालको निमित्त मेसु अजय गुप्तालाई फोन कल गरी गुनासो गर्दा लिखित उजुरी दिन आग्रह गरेका छन्।
अस्पताल जस्तो सम्वेदनशील स्थानमा लिखित उजुरी माग गर्नु निमित्त मेसुको निर्वाह गर्ने जिम्मेवारीको बारेमा प्रष्ट भएको छ। अस्पतालमा बिरामी ईमरजेन्सीको टिकट लिई ईमरजेन्सी भए मात्र जाने गरेको ठाउँमा लिखित उजुरी माग गर्नु कतिको जायज रहेको छ।
निमित्त मेसु गुप्ता बिगतमा पनि निमित्त मेसुको रुपमा कार्यरत रहेका थिए। उक्त बेला उहाँ प्रादेशिक अस्पातालमा बदनाम भएकोले अन्य मेसुको रुपमा सुनिल यादव हाजिर भएका थिए। तर गुप्ताले पुन: मेसुको जिम्मेवारी पाउन आर्थिक चलखेल गरेको कुरा सर्वत्र सुनिने गरेकोले हाल स्थानियहरुले जो जोगि आए पनि प्रादेशिक अस्पातालको अवस्था उस्तै भन्ने गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button