मधेशसमाचार

नितनपुर चौकमा ब्राउन सुगरसहित एक युवक पक्राउ

बारा, १६ चैत

सोमबार साँझ करिब १७:०० बजे जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको संयुक्त गस्ती टोलीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चौकमा शंकास्पद अवस्थामा रहेका एक पुरुषलाई रोकि चेकजाँच गर्दा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर निवासी अन्दाजी २५ वर्षीय अनिल साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनिल साहले चलाइरहेको इलेक्ट्रिक स्कुटरसहित उनको शरीर खानतलासी गर्दा ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको हो। उक्त पदार्थलाई कानुनी प्रक्रिया पुर्‍याई बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि गस्ती तथा निगरानीलाई अझ कडा बनाइएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button