
बारा, ०४ जेठ
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ स्थित बरवा–इमृति नदी पुल निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। पूर्व मन्त्री ज्वाला कुमारी साह ले एक कार्यक्रमबीच पुल निर्माणको शिलान्यास गर्नुभएको हो।
स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै निर्माण हुन लागेको उक्त पुलले वर्षायाममा हुने आवतजावतको समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले पुल निर्माणले स्थानीय विकाससँगै जनजीवन सहज बन्ने विश्वास व्यक्त गर्नुभयो।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष अशोक कुमार तिवारी, वडा सदस्य आलमहमद अन्सारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सचिव अमृत शर्मा बाजगाई, प्र.अ. अजय तिवारी लगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा दुवारिका सहनी, देवन राम, बदरी चौधरी, साधु मण्डल, रमेश सहनी, बृजकिशोर चौधरी, बालचन कुशवाहा, बीरेन्द्र मण्डल, सरोज जयसवाल, शंकर महतो लगायतको सहभागिता रहेको थियो।



