कलैया , १५ भाद्र
बाराको सिमासुरक्षा सँगै राजश्व चुहावट नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल १२ नम्बरको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी घुमुवा परिचालन गरी तस्करी संरक्षण गरेको आरोप रहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक केसीले घुमुवा परिचालन गरेसँगै बाराको सिमानाकाबाट तस्करी फस्टाएको छ। सशस्त्र प्रहरी उपरीक्षक केसीले सशस्त्र प्रहरी हवल्दार राजेश यादवको कमाण्डमा थप दुई जनालाई घुमुवा परिचालन गरेका छन्।
यादव सँगै कृष्ण गुप्ता र अमृत द्विवेदी घुमुवाको रुपमा परिचालन भएपछि बाराको बलिरामपुर, मुसहार्व, छातवा, कल्याणपुर, मटिआर्वा, बसतपुर, पिपरपाती, आमवा, कबहीगोठ नाका , बनौली, बेल्दारी , पथलवाघाट , सिम्रौनगढ, कचोर्वा नाकाबाट लत्ताकपडा, हार्डयेवर, काजु, कवाड, चिनी, रजनिगन्धा, राजनिवास , बटर क्रिम, मोटर पार्टस लगायतको ठुलो मात्रामा तस्करी हुने गरेको श्रोतको दाबी रहेको छ।
उक्त नाकाबाट तस्करी गर्ने ब्यापारीहरुसँग सशस्त्र प्रहरी घुमुवा यादवको नेतृत्वमा रहेको टोली रकम असुली गरी तस्करीको ग्रिन सिग्नल दिने गरेको समेत दाबी रहेको छ।
घुमुवाद्वयले सशस्त्र प्रहरी बल १२ नम्बर गणको प्रमुख केसीको नाममा ठुलो ब्यापरीहरुसँ पैसा असुली गरेपछि बोओपि तथा फरवार्ड क्याम्पसहरुलाई मिलाई भित्री बाटोबाट तस्करी गराउने गरेको दाबी रहेको छ। भने मुख्य नाकाहरुबाट साना ब्यापारीहरुको मालसमान पक्राउ गरी सार्वजनिक गर्ने देखिन्छ।
यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बरको प्रमुख खुम बहादुर केसीसँग प्रतिक्रिया लिन खोज्दा आफु स्कटिङमा बाटोमा रहेकोले पछि कुरा गर्ने भनि पन्छिएको छन्।