मधेशसमाचार

मधेश प्रदेशमा रविदास जयन्तीको अवसरमा सार्वजनिक बिदा

बारा , १६ माघ

मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार रविदास जयन्तीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा जारी सूचनाअनुसार मन्त्रिपरिषद्को मिति २०८२/०८/१६ गतेको निर्णय बमोजिम माघ पूर्णिमाका दिन मनाइने रविदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

सूचनामा उल्लेख भएअनुसार मधेश प्रदेशसहित देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीको सम्मान स्वरूप प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायका लागि सार्वजनिक बिदा प्रदान गरिएको जनाइएको छ।

यस निर्णयअनुसार आउँदो मिति २०८२ साल माघ १८ गते आइतवार (माघ पूर्णिमा) का दिन मधेश प्रदेशभर सार्वजनिक बिदा रहनेछ। सो दिन प्रदेशका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

प्रदेश सरकारले सांस्कृतिक, सामाजिक तथा धार्मिक विविधताको सम्मान गर्दै समुदायको पहिचान र सम्मानलाई संस्थागत गर्ने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।

सम्बन्धित सबै निकाय तथा सर्वसाधारणको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको प्रवक्ता पालले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button