फतुवा बिजयपुरमा मधेस रेडियो श्राेता संघको कार्यालय उद्घाटन
रूपेश यादव
राैतहट ,०१ आसाढ
राैतहटमा मधेस रेडियो श्राेता संघको कार्यालय उद्घाटन भएको छ। फतुवा बिजयपुर नगरपालिका वडा नम्बर १० मा उक्त कार्यालयकाे उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हाे।
प्रमुख अतिथिका रुपमा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी तथा युवा नेता अजय तिमल्सिनाले शनिबारका दिन एक भव्य समाहराेहका बिच रिबन काटेर कार्यालयकाे उद्घाटन गरेका हुन ।
कार्यक्रममा अतिथिका रुपमा वडा नम्बर १० का वडा अध्यक्ष मन्जय चाैधरी, पुर्व वडा अध्यक्ष मनाेज चाैधरी , नेपाल प्रेस युनियनका लेखा संयाेजक रन्जन खरेल पत्रकार कृष्ण तिवारी , धिरेन्द्र पनुहर , अशेष ढुंगाना लगाएतका ब्यक्तीहरुले रहेका थियो ।
कार्यक्रममा अतिथिहरुलाई टीका र गम्छा ओढाएर सम्मान गरेका थियो भने प्रमाणपत्र सहित सम्मानित गर्नु थियो ।
कार्यक्रम सञ्चालिकाका रुपमा संचारकर्मी बिनिता चाैधरीले गर्नु भए थियो , रेडियोकाे श्राेताहरु धेरै कम भए पनि अहिलेसम्म यस रेडियो श्राेता संघले विभिन्न रेडियोमा सक्रिय भई टेलिफोन सम्बाद लगाएत विभिन्न कार्यक्रममा सहभागीता जनाउदै आईरहेकाे रेडियोकर्मीहरुले बताए ।
मधेस रेडियो श्राेता संघका अध्यक्ष रामबाबु साहले जानकारी गराए अनुसार यस संघका आफ्नो कार्यालय नहुदा कामकाज गर्न धेरै कठिनाइ हुदै आईरहेकाे अब कार्यालय सञ्चालन हुदा थप व्यव्सथित तथा नयाँ तरिकाले अगाडि बढने बताए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तिमल्सिनाले याे श्राेता संघ बिगतका दिनमा धेरै थियो तर २०६० साल भन्दा पछाडि शून्य भएको देखिन्छ जसकाे बाबजुद याे गठन गरेर यसले समाज नयाँ उर्जा दिन्छ र याे उर्जाले समाजमा सहि दिशा तर्फ लाग्ने उदेश्यका साथ अगाडि बढेको बुझाई रहेको र याे कार्यक्रमले देशमा भईरहेकाे भ्रष्टाचार बेतिथी अन्याय अत्याचारकाे अवाज लेक्ने छन ती बिरुद्धमा श्राेताहरुकाे माध्यम बाट वाचन गर्नु हुने बिश्वस्त रहेको बताए ।
उक्त कार्यक्रममा संस्थापक दिपेन्द्र प्रसाद यादव , मधेस रेडियो श्राेता संघमा आबद्ध सम्पुर्ण सदस्यहरु, विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरु , राजनितीदलका व्यक्तिहरुकाे उल्लेखनीय उपस्थिति रहेका थियो ।