मधेशसमाचार

बाराको १६ स्थानिय तह मध्ये प्रसौनी गाउँपालिकाको कम बेरुजु 

बाराको १६ स्थानिय तह मध्ये प्रसौनी गाउँपालिकाको कम बेरुजु

कलैया , ०१ जेठ
बारा जिल्लाको १६ वटा स्थानीय तह मध्ये प्रसौनी गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार बाराको १६ वटा स्थानीय तह मध्ये प्रसौनी गाउँपालिकाको सबैभन्दा कम ०.४५ प्रतिशत मात्र बेरुजु देखिएको छ ।
सो प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु आदर्श कोतवाल गाउँपालिकाको रहेको छ । सो पालिकाको बेरुजु ६.९८ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सोही प्रकारले परवानीपुर गाउँपालिकाको बेरुजु ०.६४ प्रतिशत, पचरौता नगरपालिकाको १.३५ प्रतिशत, देवताल गाउँपालिको १.४१ प्रतिशत, विश्रामपुर गाउँपालिकाको १.६६ प्रतिशत, फेटा गाउँपालिकाको २.२३ प्रतिशत , करैयामाई गाउँपालिकाको २.४० प्रतिशत, बारागढी गाउँपालिकाको २.८० प्रतिशत, कोल्हवी नगरपालिकाको ३.२८ प्रतिशत, महागढीमाई नगरपालिकाको ३.९५ प्रतिशत, कलैया उपमहानगरपालिकाको ५.३९ प्रतिशत, सुवर्ण गाउँपालिकाको ५.७८ प्रतिशत, जितपुर सिमरा उपमहानगरपालिकाको ६.१६ प्रतिशत, सिम्रौनगढ नगरपालिकाको ६.७० प्रतिशत र निजगढ नगरपालिकाको ६.७१ प्रतिशत र बेरुजु रहेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ ।
बारामा सबैभन्दा कम बेरुजु प्रसौनी र सबैभन्दा बढी बेरुजु आदर्श कोतवाल गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवालले जिल्लामा सबैभन्दा कम बेरुजु देखिएकोमा सन्तोष प्रकट गर्दै आगामी आर्थिक वर्षमा बेरुजुलाई शुन्यमा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताएका छन् । उहाँले सबैको सहयोगमा बेरुजुलाई शून्यमा पुरयाएर छाडिने प्रतिबद्धता पनि समेत जनाएका छन् ।
यस्तै प्रसौनी गाउँपालिकाका लेखा अधिकृत प्रेमबाबु प्रसादले बेरुजुलाई सुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा आफुहरू प्रतिबद्ध भएर लागेको बताएका छन्। साथै आर्थिक बर्ष २०८१/०८२ मा प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह कार्यरत रहेकोले उहाँको कुशल प्रशासकीय नेतृत्वमा प्रसौनी गाउँपालिका जिल्ला नै पहिलो र मदेश प्रदेशमा कम बेरुजु हुने पालिका हुन सफल भएको छ। साथै हालको प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले यस आर्थिक बर्षमा बेरुजु रकम शुन्य बनाउने तर्फ कार्य गरीरहेको बताएका छन्।
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहसँग कुरा गर्दा आफु मात्र होईन पालिकाको जनप्रतिनिधिहरु सहयोगमा नै बेरुजु रकम खटाउन सफल भएको बताएका छन्।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले जनप्रतिनिधिहरूको सहयोगका कारण जिल्लामै सबैभन्दा कम बेरुजु देखाउन सफल भएको जनाउँदै आगामी आर्थिक वर्षमा झन घटाएर शुन्यमा झार्ने लक्ष्य रहेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button