मधेशराष्ट्रियसमाचार

विवादित बनेका न्यायाधीश ढकाल बिरुद्ध बार एसोसिएसन बाराको पत्राचार

शु.आ. सम्बाददाता

कलैया , १६ असोज

विवादित बनेका बारा जिल्ला अदालत बाराको न्यायाधीश भोलानाथ ढकाल बिरुद्ध बार एसोसिएसन बाराले न्याय परिषद् काठमाडौंमा पत्राचार गरेको छ।

बारा जिल्ला अदालत बार एसोसिएसन कलैया बाराको अध्यक्ष उमेश प्रसाद जयसवालको हस्ताक्षरमा गरीएको पत्राचारमा बिबादित बनेका न्यायाधीश ढकाललाई कानुनी कारबाही गर्न माग गरीएको छ। भने बार एसोसिएसन बाराले न्यायाधीश ढकालको बेन्च बहिष्कार गरेका छन्।

जारी गरीएको पत्राचारमा बारा जिल्ला अदालतको न्यायाधीश भोलानाथ ढकालले यहि असोज ५ गतेका दिन सम्पती शुद्धिकरण मुद्दा थान २ र राजश्व छली मुद्दा थान १ समेत ३ थान मुद्दामा फरार रहेका भारतिय नागरीक प्रतिवादी अशोक कुमार सिन्हालाई कानून बिपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा छाडेको, उक्त आदेश बिचौलियको सेटिंगमा रकम लेनदेन गरी भएको भनी बिभिन्न अनलाईन पत्र पत्रिकामा प्रकाशित सामाचार प्रति यस बार एशोसिएशनको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरीएको छ।

न्यायाधिश भोलानाथ ढकालले बिचौलिया (घरबेटी)को सेटिंग चाँजोपाँजोमा कानून बिपरीत आदेश भएकोले न्यायाधिश ढकालको उक्त कार्यले न्यायपालीका प्रतिको जनआस्था, जनविश्वास, कानूनी शासनमा प्रत्यक्ष रुपमा असर परेको हुँदा बारा जिल्ला अदालतको न्यायाधीश भोलानाथ ढकालले उक्त कार्य क कसको सेटिंगमा कानून बिपरीतको उक्त आदेश गर्नु भएको हो, सो सम्बन्धमा सुक्ष्म तवरले अनुसन्धान गरी कानुनी कारबाहीको माग गरीएको छ। साथै न्यायाधीश ढकाल सहित कर्मचारी तथा बिचौलिया समेतका व्यक्तिलाई कानून बमोजिम कार्वाही गर्नका लागी बार एसोसिएसन बाराको बुधबारको निर्माणबाट पत्राचार गरीएको छ।

साथै सम्बन्धित निकाय न्याय परीषद समेतबाट उक्त विषयमा ठोस निर्णय नआएसम्म बार एसोसिएसन बाराले न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिस्कार गर्ने निर्णय समेत भएको पत्रमा उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, काठमाण्डौ , सर्वोच्च अदालत काठमाण्डौ र गृह मन्त्रालय काठमाण्डौलाई बोधार्थ गरीएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button