मधेशसमाचार

१६ स्थानीय मध्ये चालु आवको खाता सँचालन गर्नेमा पहिलो प्रसौनी र दोस्रो विश्रामपुर गाउँपालिका

१६ स्थानीय मध्ये चालु आवको खाता सँचालन गर्नेमा पहिलो प्रसौनी र दोस्रो विश्रामपुर गाउँपालिका

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ भाद्र

 

नेपाल सरकारको मातहतमा रहेको सम्पुर्ण कार्यालयहरुको आर्थिक कारोबार गर्ने बैंक खाता बिगत आर्थिक वर्षको अन्तिम अर्थात् आषाढ २५ देखि राती १२ बजेदेखि बन्द भएको छ। आर्थिक वर्ष समाप्त भएपछि सम्पुर्ण हिसाब मिलान गरी नयाँ आर्थिक बर्षको पुनः खाता सँचालन गर्नुपर्ने हुन्छ।‌ बारा स्थित १६ पालिका मध्ये सम्पुर्ण हिसाब मिलान गरी प्रसौनी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ को खाता सँचालन गरेको छ । यसरी प्रसौनी गाउँपालिका चालु आर्थिक वर्ष २०८२/०८३ को खाता संचालन गर्ने बारामा पहिलो पालिका बनेको छ। भने दोस्रो पालिकाको रुपमा बिश्रामपुर गाउँपालिका अगाडि बढेको छ।

 

विश्रामपुर गाउँपालिकाले आफ्नो सम्पुर्ण हिसाब मिलान गरी आईतबार कोष तथा लेखा नियन्त्रक कार्यालय बारामा खाता सँचालन गर्न अनुमति माग गरेको छ। यसरी अनुमतिपत्र माग गर्नेमा बिश्रामपुर गाउँपालिका दोस्रो रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराको प्रमुख राधेश्याम गिरीले यस दैनिकलाई जानकारी दिएका छन्।

 

गिरीको अनुसार प्रसौनी गाउँपालिकाको खाता सँचालन भईसकेको छ।भने विश्रामपुर गाउँपालिकाले अनुमति माग गरेकोले अनुमति प्रदान गरेसँगै त्याहाँ पनि खाता सँचालन हुने छ। जिल्लामा रहेको अन्य पालिकाहरुले आर्थिक बर्ष २०८१/०८२ को हिसाब नै मिलान गर्न नसकेकोले खाता सँचालन अनुमति माग गरेका छैनन्। हामीले हिसाब मिलान गरी आवश्यक कागजातहरु सहित आउनु खाता संचालन गर्नु भनेका छौ। तर हिसाब मिलान हुन नसकेकोले खाता सँचालन हुन सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button