सिम्रौनगढ नगरपालिकाले सुचना लुकाई भुमिहिन जनतालाई दुःख दिने वडा अध्यक्ष मेहताको आरोप 

22

सिम्रौनगढ नगरपालिकाले सुचना लुकाई भुमिहिन जनतालाई दुःख दिने वडा अध्यक्ष मेहताको आरोप

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ भाद्र

 

सिम्रौनगढ नगरपालिकाले आईतबार एक सुचना जारी गर्दै भाद्र ६ गतेसम्म भुमिहिनको लागत सँकलन गरी नगरपालिकामा पठाउन सम्पुर्ण वडा कार्यालयलाई अनुरोध गरेको छ।

 

उक्त पत्रमा भूमि समस्या समाधान आयोग ताहाचल, काठमाण्डौ को पत्र संख्या २०८२/०८३ को च.नं. १३ मिति २०८२/०४/०५ गतेको पत्रानुसार जिल्ला बारा सिम्रौनगढ नगरपालिकाको सम्पूर्ण वाडा कार्यालयबाट भुमिहीनको लगत संकलनको विवरण नआएकोले मिति २०८२/०५/०६ गते भित्र भुमिहीन को लगत संकलन गरि विवरण उपलब्ध गराई दिनु हुन अनुरोध गरेको छ ।

 

उक्त पत्रलाई वडा नं ७ को वडा अध्यक्ष बिबेक मेहताले आफ्नो समाजिक सञ्जाल फेसबुकमा राख्दै सिम्रौनगढ नगरपालिकाको लापरवाही र बदमासी भएको बताएका छन्। वडा अध्यक्ष मेहताको अनुसार एक महिना सम्म सूचना लुकाई वडा कार्यालय लाई पाँच दिनको लागि सूचना दिएर भूमिहिन जनतालाई दःख दिनु कति को जायज हो भनि प्रश्न समेत गरेका छन् । साथै वडा कार्यालयलाई पत्र दिएको मितिले नै सबै कुरा प्रष्ट पारेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.