कोल्हवी नगरपालिकाले अनियमितता गर्न शिर्षक फरक पारी खर्च 

30

कोल्हवी नगरपालिकाले अनियमितता गर्न शिर्षक फरक पारी खर्च

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ भाद्र

 

कोल्हवी नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरु अनियमितता गर्न शिर्षक फरक पारी समेत खर्च गरेको रहस्य बाहिर आएको छ।

 

नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को नगरसभाबाट मसलन्द तथा कार्यालय सामाग्री खर्च , सुचना प्रणाली तथा सफ्टवेयर सँचालन खर्च , मेसिनरी औजार मर्मत खर्च शिर्षकमा बजेट स्वीकृत गरेको थियो। तर लेखा प्रमुख सुरेन्द्र चौधरी, प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख रामप्रसाद चौधरी फरक शिर्षकमा खर्च गरी अनियमितता गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनमा नै प्रष्ट उल्लेख गरेको छ।

 

लेखा प्रमुख चौधरीले नगरप्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृतसँग मिली मसलन्द तथा कार्यालय सामाग्री शिर्षकको बजेटबाट सेवा परामर्श, मेसिनरी औजार मर्मत, सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च, सुचना प्रकाशन, सञ्चार महसुल शिर्षकमा खर्च गरेका छन्। भने सुचना प्रणाली तथा सफ्टवेयर सँचालन खर्च शिर्षकको बजेट पत्रपत्रिका तथा सुचना प्रकाशन खर्च शिर्षकमा खर्च गरेका छन्। साथै मेसिनरी औजार मर्मत शिर्षकको रकम सञ्चार महसुल शिर्षकमा खर्च गरेकोले लेखापरीक्षण प्रतिवेदनमा नै अनियमितता भएको उल्लेख गरेको छ।

 

साथै प्रतिवेदनमा नै शिर्षक फरक पारी खर्च शिर्षक दिई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४१ (क) मा विभिन्न शिर्षक तथा कार्यमा स्वीकृत भएको रकम सो शिर्षक तथा कार्यको लागि मात्र खर्च गर्नुपर्ने व्यवस्था रहेको छ । पालिकाले नगर सभाबाट स्वीकृत भएको बजेट शीर्षक भित्र रही तोकिएको कार्यक्रममा खर्च गर्नु पर्दछ । सभाबाट स्वीकृत भएका बजेट शीर्षकमा खर्च नगरी अन्य शीर्षकमा खर्च गरेको छ। यसरी तोकिएको शीर्षकमा खर्च नगरी फरक प्रयोजनमा खर्च गर्ने कार्यमा नियन्त्रण गर्दै उल्लेखित खर्च रु पाँच लाख १५ हजार ६०६ अनियमितता भएको देखिएको उल्लेख गरीएको छ।

Leave A Reply

Your email address will not be published.