सशस्त्र प्रहरी र नेपाल प्रहरीको मासिक नजरानाले पर्साको अलौ नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै

85

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मासिक नजरानाले पर्साको अलौ नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै

 

शु.आ. सम्बाददाता

 

कलैया , ०२ भाद्र

 

 

सिमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी नै मासिक नजरानामा लिप्त भएपछि पर्साको अलौ नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ।

 

प्रस्तावित गुल्म अलौ र प्रहरी चौकी सिर्सियाले तस्करहरुसँग मासिक नजराना बुझेपछि रातिको त कुरै छोडौ दिउँसो पनि तस्करीको समानहरु नदेख्ने गरेका छन्। जसको फलस्वरूप उक्त नाकाबाट दिनहु सयौ तस्करीमा सँगल्न भएका ब्यक्तिहरू तस्करी गर्न सकृय रहेका छन।

 

अलौ नाकाबाट दिनहुँ कपडा, हार्डवेयर, भैसी, मोबाइल पार्टस, मरिच लगायत खाद्यान्न समाग्रीको तस्करी हुने गरेको जोकोहिले पनि सजिलै देख्न सक्छन् । तर मासिक रूपमै नजराना बुझने सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिन दहाडै तस्करी भएको कार्य आँखाले देख्न पनि छोडेको एक प्रत्यक्षदर्शीले यस दैनिकलाई बताएका छन्।

 

उनका अनुसार प्रस्तावित गुल्म अलौ र प्रहरी चौकि सिर्सियामा नयाँ कमाण्डर आएपछि तस्करीको लाइन’ नमिल्दासम्म कडाई साथ तस्करी नियन्त्रण गर्छन्। तर जब लाइन मिल्छ, त्यसपछि उनिहरु लगायत सरोकारवाला ‘तैँ चुप, मैँ चुप’ हुन्छन् । जसको फलस्वरूप हाल अलौ नाका तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको छ।

 

यति सम्म होईन मासिक नजराना बुझेपछि रातिको तस्करी कार्यलाई सशस्त्र प्रहरी र नेपाल प्रहरी स्कर्टिङ समेत गर्न पछि नहट्ने समेत अलौका एक स्थानीयले गुनासो गरेका छन्। उक्त नाकाबाट दिनमा मोटरसाइकलको माध्यमले तस्करी हुनेमा रातिको समयमा तस्करहरूको लस्करै लाग्ने गरेको बताएका छन् । ठुला बडा देखि साना कारोबारीसम्म ७० जना भन्दा बढी भएपनी ठुला बडा तस्करहरू मात्र एक दर्जनको हराहरीमा रहेको उनले दाबी गरेका छन्। अलौ नाकाबाट अनिल, बैझनाथ, मनोज लगायत दर्जनौ ठुला तस्करहरू तस्करी गर्न सकृय रहेको उनले दाबी रहेको छ।

Leave A Reply

Your email address will not be published.