लागू औषध ब्राउन सुगर सहित एक जना महिला पक्राउ
शु.आ. सम्बाददाता
कलैया, ०४ भाद्र
लागू औषध ब्राउन सुगर सहित एक जना महिलालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीटोल बस्ने अन्दाजी ४० की पार्वती महतो रहेकी छिन।
महतोले लागि औषध बेच बिखन गरीरहेको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा बाट प्रहरी नायब निरीक्षक रामकिशुन यादवको कमाण्डमा खटि गएको प्रहरी टोली पक्राउ छ।
प्रहरी टोलिले महतोले घर खनतलासी गर्दा कपडाको झोला भित्र रहेको प्लाष्टिकको सानो बट्टा भित्र प्लाष्टिकको सानो सानो पुरियामा बनाई लुकाई छिपाई राखेको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १० ग्राम १६० मिलिग्राम वरामद गरी उक्त महिलालाई समेत पक्राउ भईरहेको जानकारी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएका छन्।