मधेशसमाचार

निमित्त प्रमुख यादव , ट्रायल प्रमुख दहाल र लिखित प्रमुख यादवको मिलोमतोमा खुल्लेआम लाईसेन्स बिक्री 

निमित्त प्रमुख यादव , ट्रायल प्रमुख दहाल र लिखित प्रमुख यादवको मिलोमतोमा खुल्लेआम लाईसेन्स बिक्री

 

शु.आ. सम्बाददाता

 

बीरगंज, ०६ भाद्र

 

यातायात कार्यालय बिरगंजको कार्यालय प्रमुख कुशेश्वर साह एक महिनाको लागि सेवाकालीन तालिम गएका छन्। तालिममा जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नितेश्वर यादवले पाएका छन्। यादवले निमित्तको जिम्मेवारी करीब एक महिनाको लागि पाएकोले यातायात व्यवस्था कार्यालय बीरगंजमा खुल्लेआम लाईसेन्सको बिक्री गरी छोटो समयमा आफ्नो पदको लाभ लिनमा तल्लिन रहेको रहस्य खुलेको छ।

 

निमित्त कार्यालय प्रमुख यादवले ट्रायल प्रमुख बद्री दाहाल र लिखित प्रमुख विश्वनाथ यादवसँग मिलि छोटो अवधिको लाभ लिन यातायात कार्यालय बिरगंजलाई लाईसेन्सको बिक्री अड्डा नै बनाईसकेका छन।

 

तिनै जनाले सहकार्यमा यातायात कार्यालय बीरगंजमा बिचौलियाहरु समेत सक्रिय भएका छन्। बिचौलियाहरुले निमित्त कार्यालय प्रमुख यादव , ट्रायल दहाल र लिखित प्रमुख विश्वनाथ यादवको सहकार्यमा मोटरसाईकल र स्कुटरको लाईसेन्सको मुल्य ८ हजार , ईरिक्साको लागि १० हजार , कार र लाइट सवारीका लागि १५ हजार, तथा हेभी सवारी र मेशिनरी सवारीको लागि पास गर्न २५–७० हजार रुपैयाँसम्म लिने गरीएको छ।

 

यस बिषयमा निमित्त कार्यालय नितेश्वर यादवको मोवाईल नम्बर ९८६८६३५१३२ मा सम्पर्क गरी सिफारिस गर्नुपर्ने हो भन्दा बद्री दाहालसँग कार्यालयमा आई भेट्नु काम भईहाल्छ भनेका छन्।

 

यसरी निमित्त कार्यालय प्रमुख यादवले बद्री दाहालसँग कार्यालयमा भेट्नु भन्नु नै लाईसेन्सको खुलेयाम बिक्री भईरहेको प्रमाणित गरेको छ। प्रमाणित भईसकेपछि मधेश प्रदेश सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button