मधेशसमाचार

यमुनामाई गाउँपालिका कार्यालयमा तालाबन्दी

रौतहट , ०८ रौतहट

जिल्लाको यमुनामाई गाउँपालिका कार्यालय अगाडि भदौ ४ गतेदेखि सुरु भएको शान्तिपूर्ण धर्ना र वडा नं. २ का वडा अध्यक्ष सिताराम यादवको आमरण अनशनलाई गम्भीरतापूर्वक नलिएर बेवास्ता गरेको आरोप लगाउँदै स्थानीय जनताले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।वडा अध्यक्ष यादवले विगतका गाउँसभा निर्णय कार्यान्वयन, बजेट पारदर्शिता, योजनाको विवरण सार्वजनिकरण, वित्तीय अनियमितता नियन्त्रण लगायत माग राखी अनशन सुरु गरेका थिए। तर पाँच दिन बितिसक्दा पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित निकायले कुनै चासो नदिएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्।आइतबार बिहानै देखि गाउँपालिका कार्यालय पुगेर जनप्रतिनिधि र सर्वसाधारण जनताले संयुक्त रूपमा तालाबन्दी गरेका छन्। उनीहरूले माग सम्बोधन नगरी कार्यालय खोल्न नदिने चेतावनीसमेत दिएका छन्।

अनशनरत वडा अध्यक्ष यादवको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको जनाइएको छ। तर सम्बन्धित निकाय मौन बसेकाले आन्दोलनमा सहभागी जनताले शासनप्रति गम्भीर प्रश्न उठाएका छन्।

स्थानीयहरूले भने, “जनप्रतिनिधि र कर्मचारीहरूले जनताको समस्या र आवाज सुन्ने प्रयास नगरेसम्म हाम्रो संघर्ष जारी रहनेछ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button