मधेशसमाचार

मालपोत कार्यालय बारा कलैयाले गरे आर्थिक बर्ष ०८१/८२ मा ३९ करोड भन्दा बढी राजस्व संकलन 

उपेन्द्र पासवान

बारा , ०९ भाद्र

आर्थिक बर्ष २०८१/०८२ मा भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाले विभिन्न शिर्षकबाट रु ३९ करोड करोड भन्दा बढी राजश्व सँकलन गरेको छ।

राजीनामा, बकस पत्र, दृस्टीबन्धक पारित बापत रजिस्ट्रेशन शुल्क रु २१ करोड ६४ लाख ६९ हजार चार सय चार रुपैया । दा.खा, नामसारी,सन्शोधन, रोक्का बापत सेवा शुल्क रु दुई करोड ६४ लाख ४३ हजार तीन सय ७० रुपैया ।पुजिगत लाभ कर बापत रु ११ करोड ३३ लाख २० हजार पाच सय ६० र मधेस प्रदेश मुख्य मन्त्री स्व्चछता अभियान कार्यक्रम अन्तर्गत रु तीन करोड ५७ लाख ३३ हजार पाच सय ४० रुपैया संकलन गरेको छ ।

यसमा रजिस्ट्रेशन शुल्कको रकम बाट चालिस प्रतिशत रकम प्रदेश र साठी प्रतिशत रकम स्थानियतहमा जाने गर्छ । मधेस प्रदेश मुख्य मन्त्री स्व्चछता अभियान कार्यक्रम र सेवा शुल्क बापतको रकम शत प्रतिशत प्रदेश सरकारमा जाने गर्छ र पुजीगत लाभकरको रकम केन्द्र सरकारमा जाने गरेको भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको सुचना अधिकारी सागर कुमार साहले जानकारी गराए ।

यस्तै यति राजस्व संकलन भए पनि तामेली ब्यवस्थापन मालपोत कार्यालयको प्राङगन ब्यवस्थापन प्रतीक्षालयको ब्यवस्थापनका लागि कुनै पनि पालिकाले सहयोग नगरेको जानकारी गराइएको छ।

त्यसै गरि भुमी सुधार तथा मालपोत कार्यालय बारा कलैयाको कार्यालय प्रमुख शालिक राम ढकाल आए देखि सेवा ग्राहीको सेवा प्रवाह छिटो छरितो र ब्यवस्थित भएको सुचना अधिकारी साहले जानकारी गराएका हुन।

देशमा आर्थिक मन्दीका कारण गत बर्षको तुलनामा यो बर्ष धेरै कम राजस्व संकलन भएको जानकारी प्राप्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button